जय क्वाटरफाइनलमा
Manoj Shiama
24 October, 2016 7:46 pm
जय महर्जन नेपाल ओपन स्नुकर प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ‘बेस्ट अफ सेभेन’ को खेलमा जयले रेगन श्रेष्ठलाई ४–० को फ्रेममा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा छोपेल शेर्पाले सुजेन शाहीलाई ४–२, सोम लामाले विरेन शाक्यलाई ४–३, प्रवीण शाक्यले दीपजल ढुंगानालाई ४–३ तथा राज कपालीले सञ्जय मुल्मीलाई ४–३ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।