सेमिफाइनल समीकरण पूरा
Manoj Shiama
25 October, 2016 6:28 pm
नेपाल ओपन स्नुकर प्रतियोगिताको सेमिफाइनल समीकरण मंगलबार तयार भएको छ । सेमिफाइनलमा सोम लामाले छोपेल शेर्पासंग खेल्नेछन् भने विकास श्रेष्ठले विकास महर्जन विरुद्ध बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न क्वाटरफाइनलमा सोमले प्रवीण शाक्यलाई ५–२, छोपेल शेर्पाले जय महर्जनलाई ५–१, विकासले दीपक मगरलाई ५–२ तथा अर्का विकासले राज कपालीलाई ५–२ को फ्रेममा पराजित गरे ।