धरानमा टेबलटेनिस कोर्स सुरु

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ओलम्पिक सोलिडारिटी डेभलोपिङ स्पोर्ट्स स्ट्रक्चर फर टेबलटेनिस कोर्स शुक्रबारदेखि सुनसरीको धरानमा सुरु भएको छ ।
दुईदिने कोर्समा ११ जना खेल शिक्षकको सहभागिता रहेको बताइएको छ । कोर्समा सहभागीलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का विज्ञ आरिफ खानले प्रशिक्षण दिइरहेका छन् ।
कोर्सको सुनसरी जिल्ला टेबलटेनिस संघका अध्यक्ष निलम श्रेष्ठले उद्घाटन गरे । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर र विराटनगरमा उक्त कोर्स सम्पन्न भइसकेको छ । अब बुटवल, पोखरा र दाङमा कोर्स हुनेछ ।

Comment