नेपाल गोजुकाई परिषद्मा दर्ता
नेपाल गोजुकाई कराते डो संघ अशुराज श्रेष्ठ (काठमाण्डौ) को अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको छ । निकै लामो समय देखि क्रियाशिल रहि राष्ट्रिय स्तरमा खेलाडी उत्पादनका साथै बार्षिक रुपमा करिव ४÷५ राष्ट्रिय प्रतियोगिताहरु गर्दै आईरहेको तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा समेत स्तरिय खेल प्रदर्शन गर्नुका साथै पदक समेत हासिल गर्दै आईरहेको गोजुकाई कराते खेललाई परिषद संग आवद्ध भई खेल क्षेत्रमा व्यापकता प्रदान गर्ने उद्धेश्यले राखेपमा दर्ता गरिएको संघका महासचिव एवं प्रमुख प्रशिक्षक ईन्द्र बहादुर शाही खड्गेले बताए ।
१७१ औं संघको रुपमा परिषदमा दर्ता भएको तदर्थ संघको बरिष्ठ उपाध्यक्षमा केदार बाबु सिवाकोटी (दोलखा), चार उपाध्यक्षमा अशोक कुमार पाण्डे (काठमाण्डौ), अनुप कुमार श्रेष्ठ (काठमाण्डौ), जनार्दन उप्रेती (काभ्रे) र जंग बहादुर हमाल (लमजुङ्ग) रहेका छन् । यस्तै संघको महासचिवमा ईन्द्रबहादुर शाही खड्गे (काठमाण्डौ), सचिवमा विमल प्रसाद थपलिया (काभ्रे), कोषाध्यक्षमा श्याम कृष्ण बाटा (भक्तपुर) रहेका छन् । यसैगरि संघको सदस्यहरुमा नितेश राई (काठमाण्डौ), पेम्बा शेर्पा (सिन्धुपाल्चोक), गोविन्द गुरुङ्ग (नुवाकोट), अच्यूत राज उप्रेती (काभ्रे), जय प्रकाश राई (संखुवासभा), पेमा ल्हामु लामा (सिन्धुपाल्चोक), शान्ति लामा (काभ्रे), सृजना दाहाल (खोटाङ्ग), मिना तामाङ (सिन्धुपाल्चोक), सागर के.सी. (गुल्मी), राकेश कुमार राजवंशी (मोरङ्ग) र दिनेश परियार (काठमाण्डौ) रहेका छन् ।