राष्ट्रिय बिच भलिबल मंसिरमा

volleyballe
नेपाल भलिबल संघको आयोजना एवं काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापनमा १६ मंसिरदेखि १८ गतेसम्म पाँचौं राष्ट्रिय महिला तथा छैटौं राष्ट्रिय पुरुष विच भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीको सहभागिता रहने छ । जसमा पुरुषतर्फ १६ टिम र महिलातर्फ पनि १६ टिम गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताका महिला÷पुरुष दुवै विजेता टोलीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताका दुवै टिमले १५ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैया प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न नेपाल भलिबल संघका सदस्य एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तीर्थ श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता आयोजक कमिटी गठन गरिएको छ । नेपाल भलिबल संघले प्रतियोगिताको व्यवस्थापन गर्ने काभ्रे जिल्ला भलिबल संघलाई १ लाख २५ हजार नगदसहित बल र नेट उपलब्ध गराउने भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले जानकारी दिए । काभ्रे जिल्ला भलिबल संघले खेलाडीहरूको बसोबासका साथै खाना र यातायातको सम्पूर्ण सुविधा व्यहोर्ने काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख ५० हजार खर्च हुनेमा बाँकी रकम काभ्रे जिल्ला भलिबल संघले व्यवस्थापन गर्ने महासचिव चन्दले जानकारी दिए ।

Comment