कराते टोली भारत जाने
Manoj Shiama
16 December, 2014 7:03 pm
ट्राइ नेसन्स कप खुला कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार भारतको पश्चिमबंगालस्थित कुछविहार प्रस्थान गर्दैछ ।
पुरुषतर्फ गोमन गिरीले २५ केजी, किरण गुरुङले ४५ केजी, निरज भण्डारीले ५० केजी, राजु गुरुङले ५५ केजी, विवेक ढुंगेलले ६० केजी, बसन्त राईले ६५ केजीतथा लक्ष्मण पाण्डेले ७० केजीतौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा प्राश्ना थापाले ३५ केजी, ज्ञानु महर्जनले ५० केजी र रुपा महर्जनले ६० केजीमा खेल्ने छन् । गोमन र किरण तथा ज्ञानु र रुपाले कातामा पनि नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीका प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
अफिसियलमा ओझासंगै महेश महर्जन पनि रहेकाछन् । दुवैले डिसेम्बर १९ देखि २१ तारिखसम्म चल्ने प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्ने बताइएको छ ।