एपेक्स लाइफ फुटसल सोमबारदेखि
Manoj Shiama
14 November, 2016 7:18 pm
एपेक्स लाइफ स्कुलको आयोजनामा प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने एपेक्सका इसीए इन्चार्ज प्रेमसुन्दर होनाले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
समूह ‘ए’ मा प्यारागन, विद्यासंस्कार, ठुङ्राम इन्टरनेसनल एकेडेमी (टीआईए) र विल्सन एकेडेमी तथा समूह ‘बी’ मा बृहस्पति विद्या सदन, संस्कृति, काभ्या र एपेक्स लाईफ छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पाँचदिने प्रतियोगिताका खेलहरु सरस्वतीनगरस्थित आयोजककै हातामा हुनेछ । पहिलो दिन चार खेल हुनेछन् । आयोजक एपेक्स र काभ्याबीच उद्घाटन खेल हुनेछ ।