विद्या संस्कार र प्यारागन सेमिफाइनलमा

Manoj Shiama
15 November, 2016 7:02 pm

footsale
विद्या संस्कार स्कुल र प्यारागन प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।विद्या संस्कारले टीआईएलाई ४–३ गोलले पराजित ग¥यो । विजयी टिमका लागि अथर्व कोइरालाले २ तथा संगम बुढाथोकी र प्रत्युश भट्टराईले १–१ गोल गरे । टीआईएका सुबोध लामिछानेले २ तथा सागर गुरुङले १ गोल गरे ।
प्यारागनले विल्सन एकेडेमीलाई ६–२ ले हरायो । प्यारागनका शिशीर मोक्तानले ४ तथा विवेक तामाङ र सौगात श्रेष्ठले १–१ गोल गरे । विल्सनका रविन्द्र गुरुङले २ गोल फर्काए ।
एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगितामा बृहस्पति र काभ्याले आ–आफ्नो खेल जिते ।
बृहस्पतिले आयोजक एपेक्सलाई ८–३ ले निराश पा¥यो । बृहस्पतिका यशंक्या राणाले ५ तथा सुयोग्य लामाले ३ गोल गरे । एपेक्सका कृश विष्टले ३ गोल गरे । काभ्याले संस्कृतिलाई ३–१ ले पन्छायो । काभ्याका सोभंग श्रेष्ठले २ तथा अदिप पाठकले १ गोल गरे । संस्कृतिका देभाम्स आचार्यले सान्त्वना गोल गरे ।