बिश्व हाप्किडो महासंघ अध्यक्ष नेपालमा

Manoj Shiama
15 November, 2016 8:42 pm

kue

कोरिया तथा बिश्व मार्शल आर्टस् हाप्किदो महासंघका अध्यक्ष ली डाई ह्युन नेपाल आएका छन् । अध्यक्ष ह्युन मंगलबार नेपाल आईपुगेका हुन् । उनी यही सात र आठ मंंसिरमा नेपालमा हुन लागेको नेपाल मार्शल आर्ट हाप्किडो संघको प्रथम राष्ट्रिय प्रशिक्षण प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी नेपाल आईपुगेका हुन् । अध्यक्ष ह्युनलाई नेपाल मार्शल आर्टस् हाप्किदो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर लगायत पदाधिकारीले त्रीभुवन बिमानस्थलमा स्वागत गरेका थिए । उनीसँगै सोही कार्यक्रममा सहभागी हुन एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री पनि नेपाल आएका छन् ।