काभ्या र संस्कृति सेमिफाइनलमा
काभ्या र संस्कृति प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । काभ्या समूह ‘बी’ को विजेता तथा संस्कृति सोही समूहको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको खेलमा काभ्याले बृहस्पति विद्या सदनलाई ६–३ गोलअन्तरले पराजित ग¥यो । काभ्याका दीपेश बुढाथोकीले ह्याट्रिक गरे भने प्ररे सिम्खडाले २ तथा दिवांक उप्रेतीले १ गोल थपे । बृहस्पतिका मनीष खड्का, साइरस खड्गी र सौविन्दज्या पण्डितले १–१ गोल गरे । संस्कृतिले आयोजक एपेक्सलाई ७–० गोलले हरायो । सम्भव सातै गोल देभाम्स आचार्यले गरे ।
समूह ‘ए’ को लिग खेलमा प्यारागन र विद्या संस्कारले ३–३ गोलको बराबरी खेले । बराबरीसंगै गोलअन्तरका आधारमा प्यारागन समूह विजेता र विद्या संस्कार समूह उपविजेता बने । उक्त खेल अगावै दुवै टिम सेमिफाइनल पुगिसकेका थिए । सेमिफाइनलमा प्यारागनको भेट संस्कृतिसंग हुनेछ भने काभ्याले विद्या संस्कार विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।