एथलेटिक्समा टप्सलाई थप चार स्वर्ण

Manoj Shiama
16 December, 2014 7:11 pm

प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल, फुटबल, टेबुलटेनिस र एथलेटिक्स सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत एथलेटिक्सतर्फ टप्सले छैटौं दिन थप चार स्वर्ण जितेको छ। योसँगै २६ स्वर्णको लागि भएको प्रतिस्पर्धामा १९ स्वर्णको टुड्डो लाइसकेको छ भने बाँकी सात स्वर्णको पनि टुड्डो बुधबार लाग्नेछ।
मड्डलबार पोखरा रड्डशालामा भएको छात्रछात्रा दुई सय र आठ सय मिटर दौडमा टप्सले चार स्वर्ण जितेको हो। छात्र दुई सय मिटरमा टप्सका अर्जुन अधिकारी प्रथम, सृजना उमाविका राज बस्नेत द्वितीय र बालोदय उमाविका राजन थापा तृतीय भएका छन्। छात्रातर्फ सोही इभेन्टमा टप्सका शशी चौधरी प्रथम, फिस्टेल एकेडेमीका प्रिया केसी द्वितीय र बेथानी बोर्डिङ स्कुलका सलोमी गुरुङ तृतीय भएका छन्।
यस्तै छात्र आठ सय मिटर दौडमा टप्सका अविजित परियार प्रथम, केफ उमाविका जनक भुजेल द्वितीय र प्रगति उमाविका रितेश आचार्य तृतीय भएका छन्। छात्रातर्फको सोही इभेन्टमा टप्सका विमला चौधरी प्रथम, फिस्टेल एकेडेमीका खुसी सापकोटा द्वितीय र रेन्बो एकेडेमीका आकृति थापा तृतीय भएका छन्। मड्डलबार नै भएको छात्र ट्रिपल जम्पमा न्याश्नल इन्भेटिभ बोर्डिङ स्कुलका माधव पहारी प्रथम, रिभरडेल स्कुलका रबिनसन कार्की द्वितीय र विद्यानिकेतन स्कुलका राजु परियार तृतीय भएका छन्।
विजेता खेलाडीलाई कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, प्याब्सन कास्कीका सल्लाहकार डोलराज पाण्डे, अध्यक्ष चिनु रानाभाट, प्याब्सन स्पोर्टस् मिट–२०७१ न्यायिक समितिका संयोजक कृष्ण केसी र कास्की जिल्ला टेबुलटेनि सङ्घका अध्यक्ष उत्तम जोशीलगायतले पुरस्कार वितरण गरेका थिए।
अघिल्ला दुवै संस्करणमा च्याम्पियन बनेको टप्सले एथलेटिक्समा आठ स्वर्ण जितेको छ। अब एथलेटिक्सतर्फ छात्रछात्रा १००ह४ रिले दौड र छात्रछात्रा चार सय मिटर दौड रहेका छन्। दुवै फाइनल बुधबार हुनेछन्।
मड्डलबार तेस्रो स्थानको लागि भएको छात्रा भलिबलमा नोभेल इन्टरनेशनल स्कुलले हिलपोइण्ट हाइस्कुललाई ३–१ को सेटमा पराजित ग¥यो। पहिलो सेट २६–२४ ले हात पारेको नोभेलले दोस्रो सेट २१–२५ ले गुमायो भने तेस्रो सेट २५–१५ र चौथो सेट २५–२० ले आÇनो पक्षमा पार्दै तेस्रो स्थान कब्जा ग¥यो। छात्रातर्फ टप्स उमावि र केफ उमाविबीच बुधबार बिहान नौ बजे उपाधिको लागि प्रतिस्पर्धा हुनेछ।
छात्रतर्फ हिलपोइण्ट हाइस्कुल र मेरीगोल्ड बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेका छन्। मड्डलबार भएको पहिलो सेमिफाइनलमा हिलपोइण्टले भाष्कर मेमोरियल बोर्डिङ स्कुललाई ३–१ को सेटमा पराजित ग¥यो।पहिलो सेट २३–२५ ले गुमाएको हिलपोइण्टले त्यसपछिका तीनै सेट २५–२२, २५–९ र २५–२३ ले जित्दै आफूलाई उपाधि नजिक पु¥यायो।अर्को खेल मेरीगोल्डले रिभरडेल स्कुललाई २५–५, २५–२० र २५–१९ को सोझो सेटमा पराजित ग¥यो। फाइनल खेल बिहान नौ बजे हुनेछ भने तेस्रो स्थानको लागि भाष्कर र रिभरडेलबीच बिहान साढे सात बजे खेल हुने प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए। खेल बेस्ट अफ फाइभका आधारमा खेलाइनेछ।
सिनियर फुटबलतर्फ सोसल पब्लिक स्कुुल र नेपाल आदर्श आउमावि फाइनलमा प्रवेश गरेका छन्। मड्डलबार भएको सेमिफाइनल खेलमा सोसल पब्लिक स्कुलले नोभेल इन्टरनेशनल स्कुललाई २–० ले पराजित ग¥यो। दोस्रो खेलमा नेपालआदर्शले ताराकुञ्ज बोर्डिङ स्कुललाई २–० ले नै पराजित ग¥यो। तेस्रो स्थानको लागि नोभेल र ताराकुञ्जबीच बुधबार बिहान आठ बजे र फाइनल खेल दिउँसो दुई बजे हुने खेल संयोजक जगत थापाले जानकारी दिए।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि प्रतिस्पर्धा हुने स्पोर्टस् मिटमा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ। बुधबार शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमबीच १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ को समापन हुने प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए।