संस्कृति र विद्या संस्कार फाइनलमा

Manoj Shiama
17 November, 2016 6:44 pm

kavya3
संस्कृति र विद्या संस्कार प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा संस्कृतिले प्यारागनलाई ८–५ गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि देभान्स आचार्यले दोहोरो ह्याट्रिक गरे भने आगत अधिकारीले २ गोल गरे । प्यारागनका शिशीर मोक्तानले ३ तथा विवेक तामाङले २ गोल गरे ।
अर्को सेमिफाइनलमा विद्या संस्कारले काभ्यालाई ७–५ ले हरायो । विद्या संस्कारका संगम बुढाथोकी र अथर्व कोइरालाले ह्याट्रिक गरे भने प्रत्युश भट्टराईले १ गोल गरे । काभ्याका अनिश गिरीले ३ तथा दीपक बुढाथोकीले २ गोल गरे ।