स्पोर्ट्स न्युट्रिसन सेमिनार
Manoj Shiama
17 November, 2016 7:03 pm
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा स्पोर्ट्स न्युट्रिसन सेमिनार बिहीबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खेलका प्रशिक्षक गरी ५२ जना सहभागी थिए ।
सहभागीलाई पोषण विद् केपी लम्सालले प्रशिक्षकले विशेष गरी खेलाडीको खानपानमा ध्यान दिनु पर्ने विषयमा जानकारी गराएका थिए । एकदिने सेमिनार सकिएपछि राखेप सदस्य–सचिव केशवकुमार विष्टले लम्साललाई धन्यवादज्ञापन गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए ।