राजेश भेट्रान च्याम्पियनसीप खेल्दै

rajeshr
परिचित जुडो प्रशिक्षक राजेश कमाचार्य आठौ आइजेएफ भेट्रान्स बिश्व जुडो च्याम्पियन्सीपमा सहभागि हुने भएका छन्। फ्लोरिडामा शुक्रबार सुरु हुने यो प्रतियोगिता सोमबारसम्म चल्ने छ भने मंगलबार र बुधबार प्रशिक्षण शिबीर हुने छ । स्पर्धामा ३० बर्ष भन्दा बढी उमेरका खेलाडीले सहभागिताको अबसर पाउने छन् । राजेशको खेल शनीबार हुने छ । राजेशले ७३ किलो तौल समुहमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपालमा रहदा राजेशको छबी उत्कृष्ट प्रशिक्षकका साथै दक्ष प्राबीधीकको रुपमा रहेको थियो । यसै उत्कृष्टता कायम रहेका राजेश अमेरिकामा रेफ्रिको रुपमा ब्स्त छन् भने जुडो प्रशिक्षण केन्द« सञ्चालन गरिसकेका छन् ।

Comment