ओडिसी र नेपाल मोडलको विजयी सुरुआत

Manoj Shiama
20 November, 2016 6:54 pm

ud1e
आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी र नेपाल मोडलले नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार विजयी सुरुआत गरेका छन् ।
धापासीस्थित घरेलु कोर्टमा डिफेन्डिङ च्याम्पियन ओडिसीले पृथ्वीलाई ३५–२० तथा नेपाल मोडलले इडेन ब्रिज एकेडेमीलाई २०–८ ले पराजित गरे । ओडिसीका अनिश गन्दर्वले १२ तथा नेपाल मोडलका निशान राना र सुगम तामाङले समान ४–४ अंक जोडे ।
जुनियर ब्वाइजमै इनोभेटिभ इङलिस स्कुल, माउन्ट ग्लोरी र रिलायन्सले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।इनोभेटिभले मनासलुलाई ३४–२१ ले हरायो । इनोभेटिभको जितमा प्रवीण थापाले १९ अंक योगदान गरे । माउन्ट ग्लोरीले बुद्ध प्रकाशलाई ७–१ ले निराश पा¥यो । विजेताका रमेश पाण्डेले ५ अंक जोडे । रिलायन्सले जगत मन्दिरमाथि १५–१४ को कठिन जित दर्ता ग¥यो ।
सिनियर गल्र्सको थ्री बाई थ्रीमा एचएचसीए र रिलायन्सले सफलता हात पारे । एचएचसीएले भ्याली पब्लिकलाई १०–८ ले हरायो भने रिलायन्सले ओडिसीलाई ५–४ ले पन्छायो ।
प्रतियोगिताको हेराल्ड कलेजका प्रिन्सिपल नारायण उपाध्यायले रेफ्री दीपेश कार्की र होम बराइलीलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिम सहभागी छन् । फाइनल मंसिर १३ गते हुनेछ ।