नेपाल मोडल र ओडिसी प्रिक्वाटरफाइनलमा

Manoj Shiama
23 November, 2016 6:11 pm

odesy-wednesday
नेपाल मोडल र आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।नेपाल मोडलले डाफोडिललाई २४–२३ को साँघुरो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि आयुश श्रेष्ठले ११ अंक जोडे । अमित लामाको ९ अंक सहयोगमा ओडिसीले एचएचसीएलाई १६–१४ ले हरायो ।
जुनियर ब्वाइजमै एन्जल्स हर्ट र अनुपमा पनि प्रिक्वाटरफाइनलमा पुगे । एन्जल्स हर्टले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २२–६ ले पन्छायो । विजेताका सन्दिप थापाले ९ अंक जोडे । निब्स विरुद्धको खेलमा अनुपमा ३–२ ले विजयी भयो ।
सिनियर गल्र्सको थ्री बाई थ्रीमा लोयल्टी एकेडेमी र स्किब्सले जित हात पारे । लोयल्टीले कान्तिपुरलाई ५–१ ले निराश पा¥यो । स्किब्सले न्यु बुद्ध प्रकाशमाथि १०–८ को जित रच्यो ।