राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टोली इन्डोनेसिया प्रस्थान
इन्डोनेसियाको जकारता टिमुरमा नोभेम्बर २६ देखि २७ सम्म आयोजना हुने तेक्वान्दो इन्टरनेसनल डेल्टा कप २०१६को लागि राष्ट्रिय तेक्वान्दो संघ–नेपालको ६ सदसीय टोली इन्डोनेसिया प्रस्थान गरेको छ । संघका अध्यक्ष शिव कोइरालाले खेलाडी तथा अफिसियललाई संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बिच विदाई गरे । टोलीको नेतृत्व संघका महासचिव राज कुमार कार्कीले गर्ने छन् । टिम कोच तथा व्यवस्थापकको जिम्मेवारी सोविन राज रेग्मीले पुरागर्ने छन् ।
क्योरुगी तर्फ खेलाडीहरु कृष्ण थापा (६८–७४ के.जी), दयासागर कलवार (६३–६८ के.जी), सुमित तामाङ्ग (४५ के.जी) र समिर थापा (३३–३७ के.जी) रहेका छन् साथै सबै खेलाडीहरुले कालो पेटी पुम्से प्रतिस्पर्धामा पनि सहभागिता जनाउने छन् ।
संघका अध्यक्षले खेलाडीहरुको मनोबल बृद्धि गराउँदै राष्ट्रको शिर उच्च राख्न प्रतियोगिताको लागि अग्रिम शुभकामना दिए ।