काठमाडौं सतप्रज्ञालाई दोहोरो उपाधि
आयोजक काठमाडौं सतप्रज्ञाले प्रथम अन्तरविद्यालय विन्टर फुटसल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । सतप्रज्ञा सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । सिनियर ब्वाइज फाइनलमा सतप्रज्ञाले हारतीलाई ५–० गोलअन्तरले पराजित ग¥यो । जुनियरको उपाधि भिडन्तमा सतप्रज्ञाले हारतीलाई नै ३–२ ले हरायो । सिनियर गल्र्समा हारती पहिलो भयो । फाइनलमा हारतीले सतप्रज्ञालाई ३–२ ले निराश पा¥यो ।
सिनियर ब्वाइजमा हारतीका भूगर्व कार्की, जुनियर ब्वाइजमा सतप्रज्ञाका आभाष कार्की तथा सिनियर गल्र्समा हारतीकी विदुशी घिमिरे उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान, सतप्रज्ञाका प्रिन्सिपल यादव निरौला, ईसीए इन्चार्ज प्रवीण थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सियिनर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा ६ टिम सहभागी थिए ।