काठमाडौं जेभियर क्वाटरफाइनलमा

Manoj Shiama
26 November, 2016 10:23 pm

sxe
आयोजक काठमाडौं जेभियर पब्लिक स्कुल प्रथम अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजकसंगै हिमालय, ओडिसी, अनुपम, सेब, एआईए, पञ्चायण र एडभान्स पनि क्वाटरफाइनलमा पुगे । सिनियर ब्वाइजमा पाठशाला, ज्ञाननिकेतन, ओडिसी, रिलायन्स इन्टरनेसनल एकेडेमी, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), विद्याकुञ्ज, युनिभर्सल ‘बी’ र पञ्चायण क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
गल्र्समा रिलायन्स र स्वप्नवाटिका सेमिफाइनलमा पुगे । प्रतियोगिताको काठमाडौं जेभियरका भाइस प्रिन्सिपल दिवस निरौलाले रेफ्रीद्वय सुनील केसी र रमेश मगरलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा १२ र गल्र्समा १० गरी ३४ टिम सहभागी छन् ।