राधेश्याम उत्कृष्ट
Manoj Shiama
26 November, 2016 10:35 pm
राधेश्याम नगरकोटी प्रथम बहिरा फुटसल प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । काठमाडौं बहिरा संघ र युथ पियर एजुकेसन (वाईपियर) द्वारा संयुक्त आयोजित प्रतियोगितामा दिनेश केसी, श्रीमाया तामाङ, सुरज डंगोल, पासाङ शेर्पा र आर्या देवकोटाको टोली पहिलो भए ।रातोपुलस्थित भेलोसिटी एरिनामा भएको फाइनलमा उक्त टोलीले राधेश्याम नगरकोटी, बद्री घिमिरे, प्रज्ज्वल श्रेष्ठ, मुना गुरुङ र सौरबी मानन्धरको टोलीलाई २–० गोलअन्तरले पराजित गरे ।
काठमाडौं बहिरा संघका २० खेलाडीको ४ टिम बनाइ नकआउट एकदिने प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अन्जु श्रेष्ठले जनाएकी छन् । विजेतालाई अन्जुलगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे ।