काठमाडौं जेभियर फाइनलमा
Manoj Shiama
27 November, 2016 8:08 pm
आयोजक काठमाडौं जेभियर पब्लिक स्कुल प्रथम अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ । काठमाडौं जेभियरले अनुपमलाई १०–८ ले पराजित ग¥यो । उपाधिका लागि काठमाडौं जेभियरले सेब र पञ्चायणबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा हुनेछ ।
सिनियर ब्वाइजमा बीएनए र ओडिसी फाइनलमा पुगे । बीएनएले ज्ञाननिकेतनलाई २१–१८ तथा ओडिसीले रिलायन्सलाई १४–८ ले हराए ।
गल्र्समा रिलायन्स रेडिसडेन्सियलले पाठशालालाई ८–२ तथा युनिभर्सलले स्वप्नवाटिकालाई १२–८ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।