सीसीआरसी र न्यु समिट सेमिमा
Manoj Shiama
27 November, 2016 8:10 pm
सीसीआरसी र न्यु समिट प्रथम रोजबड अन्तरकलेज (प्लस टु) उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सीसीआरसीले आयोजक रोजबडलाई ४९–३६ ले पराजित ग¥यो । सीसीआरसीको जितमा रुपक कुँवरले १५ अंक योगदान गरे । पविन राईको १२ अंक सहयोगमा न्यु समिटले युनिभर्सललाई ४१–२७ ले हरायो ।