हिम्सको विजयी सुरुआत

Manoj Shiama
27 November, 2016 8:12 pm

आयोजक हिम्सले आठौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ । हिम्सले मन्जुगोक्सालाई ११–४ ले पराजित ग¥यो । हिम्सको जितमा पासाङ फुटी शेर्पाले ७ अंक योगदान गरिन् । ब्वाइजमा बसुन्धारा नेसनल एकेडेमी (बीएनए), केब्स र हिम्स ‘ए’ ले सफल सुरुआत गरे । बीएनएले मन्जुगोक्सालाई ३९–३२, केब्सले हिम्स ‘बी’ लाई २४–१० तथा हिम्स ‘ए’ ले बुद्ध एकेडेमीलाई ३५–२० ले हराए ।
प्रतियोगिताको हिम्सका प्रिन्सिपल आरसी खनालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ गरी २० टिम सहभागी छन् । फाइनल सोमबार हुनेछ ।