श्रीलंकाबाट पाचौ ओभरमा लक्ष्य पुरा

asmitaae
नेपाली महिला क्रिकेट टोलीले जारी एसियाकप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा लागतार दोश्रो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा श्रीलंकाले नेपाललाई आठ विकेटले पराजित ग¥यो । नेपालले छाडेको २४ रनको लक्ष्य श्रीलंकाले ४.३ ओभरमा दुइ विकेटको क्षतीमा पुरा ग¥यो । श्रीलंकाका लागि हसीनी परेराले १४ बलमा अविजित १७ रनको योगदान गरिन् । नेपालका रुबिना क्षेत्री र करुणा भण्डारीले एक ÷एक विकेट लीए ।
यस अघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २३ रनको योगफल खडा ग¥यो । नेपालकी ज्योती पाण्डेले १६ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालका सात ब्याट्सम्यान शुन्यमा आउट भए ।

Comment