भेट्रान्स टेटे टोली इन्डोनेसियातर्फ

Manoj Shiama
28 November, 2016 7:28 pm

tte
दसौं एसियाली प्यासिफिक भेट्रान्स टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली भेट्रान टोली सोमबार इन्डोनेसियाको बान्डुङ प्रस्थान गरेको छ । डिसेम्बर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा ९ भेट्रान खेलाडीले विभिन्न ३ उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।खेलाडीहरुमा तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का रजत विजेता धर्ममान वज्राचार्य, नवीनबहादुर शाक्य, प्रज्ज्वलकान्त मैनाली, कपुर शर्मा, धर्म शाही, मोहनदास बासुकला, रविन्द्र जोशी, निकेश जोशी र सुरेन्द्र ढकाल रहेका छन् । वज्राचार्य भने मंगलबार मात्र जानेछन् ।
नेपालले ४० वर्षमाथि र ५० वर्षमाथि टिम र सिंगल्स तथा ६० वर्षमाथि सिंगल्समा भाग लिनेछन् । प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय प्रतिस्पर्धी सहभागी हुने बताइएको छ ।
टोलीलाई नेपाल भेट्रान्स टेबलटेनिस संघकी अध्यक्ष निनु सत्यालले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।