जितेन्द्र र श्रीरामको जोडीको विजयी शुरुवात
पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीले विजयी शुरुवात गरेका छन् । इन्द्रवती खोलाको विचमा मगंलबार भएको पहिलो खेलमा यो जोडीले मध्यपश्चिमाञ्चलका टेक र विक्रमको जोडीलाई २१–९ र २१–८ को सेटमा हराउदै प्री–क्वाटरफाइनलमा स्थान बनायो । अर्को खेलमा एपीएफ विका शुरेस र मिलनको जोडीले एपीएफ एका लक्ष्मण र दिनेशको जोडीलाई २१–१६,१९–२१ र १५–१२ को सेटमा हरायो ।
नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको महिलातर्फ पुलिसका कोपीला र कमलाको जोडीले जित हात पारे । उनिहरुको जोडीले आर्मी बीका गीता र सोफीयाको जोडीलाई २१–१३ र २१–६ को सोझो सेटमा हराए । दोस्रो खेलमा मध्यमाञ्चलका वर्षा र अजिताको जोडीले जित हात पारिन् । उनीहरुको जोडीले मध्यपश्चिमाञ्चलका लिला र अम्रीताको जोडीलाई २१–५ र २१–१० को सोझो सेटमा हराए ।प्रतियोगिताको उदघाटन पुर्व प्रधानमन्त्री झलनाथ खनालले गरेका थिए ।
सो अवसरमा नेपाल भलिबल सघंका अध्यक्ष मनोरमन रञ्जन शर्मा,उपाध्यक्षद्धय यम गुरुङ र निरोज मास्के तथा महासचिव जितेन्द्र चन्द लगायतको उपस्थीती थियो । १८ मंसिरसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष र महिलाको विजेता टोलीले २५ हजार,दोस्रोले १५ हजार र तेस्रो हुने जोडीले १० हजार नगद,ट्रफि र मेडल प्राप्त गर्नेछन् । महिलातर्फ १४ र पुरुषतर्फ १५ टिमलाई आठ समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ । चौथो सस्करणमा महिलातर्फको सरस्वती र नेविकाको जोडी तथा पुरुषको पाँचौ सस्करणमा शुरेष र महेन्द्रको जोडीले उपाधि जितेका थिए । दुवै जोडी एपीएफका हुन ।