कभर्डहलको उद्घाटन

Manoj Shiama
3 December, 2016 3:24 pm

coverdhalle
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले निर्माण गरेको सेमि कभर्डहलको शनिबार उद्घाटन गरेका छन् ।काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले आफ्नो पहलमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्न असुविधा भएको महसुस गर्दै सानो गौचरनस्थित आफ्नै भवनको माथिल्लो तलामा १५ लाखको लागतमा उक्त हल निर्माण गरेको समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी गराए ।
यस्तै पूर्वाञ्चलमा पौष ८ देखि १५ गते सम्म आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि काठमाण्डौ जिल्लाबाट छनोट भई क्षेत्रीय प्रतियोगिता खेल्न जान लागेका खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, सांसद्हरु ध्यानगोविन्द रञ्जित, रामेश्वर फुयाल, दीपक कुंईकेल, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवं ओलम्पिय सुरेन्द्र हमाललगायतले शुभकामना ब्यक्त गर्दै झण्डा तथा खेल पोसाक ट्रयाकसुट प्रदान गरि विदाई गरे ।