आईस हक्की संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

Manoj Shiama
3 December, 2016 7:05 pm

ice-hockeye
नेपाल आईस हक्की संघले दोश्रो बार्षिक साधार सभा सम्पन्न गरेको छ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमालले एक कार्यक्रम विच उद्घाटन गरेका थिए ।
साधारण सभाले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदलाई सुझावका साथ पास गरेको छ । प्रतिवेदनमा नेपाल आईस हक्की संघले एक बर्ष पहिलो भएको निर्वाचन पश्चात भए गरेका गतिविधीहरुलाई समेट्दै आगामी दिनमा गर्नु पर्ने कार्यहरुको योजना सहित प्रस्तुत गरिएको थियो । हाल सम्म संघले नेपालमा आईस हक्की खेलको सम्भावनाको अध्ययन, आईस रिंक स्थापनको लागि प्रारम्भिक चरणको अध्ययन र उक्त रिंक स्थापनाका लागि संघको विशेष निमन्त्रणामा अन्तराष्ट्रिय आईस हक्की महासंघका कोषाध्यक्ष तथा फ्रान्स आईस हक्की संघका अध्यक्ष श्री लुक टार्फिकलाई नेपाल बोलाई आईस हक्की रिंक स्थापनका लागि विभिन्न स्थानको भ्रमण गराइएको, र त्यसको लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्संग पहल भईरहेको जनाईएको छ ।
यस्तै आगामी दिनमा संघले गर्नुपर्ने कार्य योजनाहरुमा जुनियर खेलाडीहरुलाई आईस हक्कीको प्रारम्भिक प्रशिक्षण दिन तथा केहि खेलहरुको अवलोकनका लागि मित्र राष्ट्र फ्रान्सको आईस हक्की संघको पहलमा २०१७ मे मा भ्रमण गराउने, पोखरा स्पोर्टस कम्प्लेक्समा आईस रिंक स्थापनका लागि नक्सा तयार गर्ने, प्राविधिक जनशक्ति निर्माणका लागि २०१७ जुलाईमा फिनल्याण्डमा एक टोली पठाउने, अन्तराष्ट्रिय फोरममा सहभागी हुनुका साथै आर्थिक तथा प्राविधिक सहयोग जुटाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था तथा निजी क्षेत्रलाई आईस हक्की रिंक निर्माणमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने, खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा लैजाने कार्यक्रमलाई प्रतिवेदनमा समावेश गरिएको छ । साधारण सभामा केन्द्रिय पदाधीकारीका साथै विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।