कोपीला र कमला तथा दिलु र दुर्गाको जोडीलाई उपाधि
पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसकी कोपीला उप्रेती र कमला पुन तथा पुरुषतर्र्फ आर्मीका बीका दिल सुनार र दुर्गा महत्ताकोे जोडीले उपाधि जितेका छन् । इन्द्रवती खोलाको बिचमा भएको फाइनल खेलमा पुलिसकी कोपीला र कमलाको जोडीले एपीएफकी रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ को सोझो सेटमा हराउदै उपाधि जिते । कमला र कोपीलको जोडीले २५ हजार रुपैया पुरस्कार पाए । दोस्रो स्थानमा सिमित रहेकी रेश्मा र निसानको जोडीले १५ हजार रुपैया पाए ।
नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा भएको फाइनलमा पुरुषतर्फ दिल र दुर्गाको जोडीले आफ्नै विभागका दिप खड्का र रिसीधन थापा मगरको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा हराए । पुरुषतर्फ विजेता दिल र दुर्गाले २५ हजार हात पारे । दोस्रो स्थानमा चिक्त बुझाएको दिल र दुर्गाको जोडीले १५ हजार हात पारे । पुरुषकै तेस्रो स्थानका लागि भएको खेलमा पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लले सफलता हात पारे । चन्द्र र प्रज्वलको जोडीले एपीएफका शुरेस चौधरी र मिलन मल्लको जोडीलाई २१–१२ र २१–१७ को सोझो सेटमा हराए । चन्द्र र प्रज्वलको जोडीले नगद १० हजार जिते ।
महिलातर्फ भने पश्चिमाञ्चलले पुलिसकी निता शाह र मनिषा चौधरीको जोडीमाथी २–१ को रोमाञ्चक जित हात पारिन् । पहिलो सेटमा २१–११ ले जित हात पारेपनि पुलिसकी निता र मनिषाले हार बेहोरिन् । तर दोस्रो र तेस्रोमा लगातार जित हात पार्दै पश्चिमाञ्चलकी मञ्जू र अरुणाको जोडी तेस्रो हुन् सफल रहिन् । उनिहरुको जोडीले निता र मनिषाको जोडीमाथी दोस्रो २१–१६ र १५–११ ले जित हात पारिन् । मञ्जू र अरुणाको जोडीले १० हजार नगद पुरस्कार जितिन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिलामा कमला पुन तथा पुरुषमा आर्मीका दिल सूनार चूनिए । दुवै ५ हजार नगदले पुरस्कृत भए ।
उपाधि विजेता खेलाडीलाई प्रमुख अतिथी नेकपा एमालेका सचिव योगेश भटृराई,नेपाल भलिबल सघंका अध्यक्ष मनोरञ्जन रमन शर्मा,उपाध्यक्ष रञ्जन खड्का तथा महासचिव जितेन्द्र चन्द र काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तिर्थ लाल श्रेष्ठ लगायतले पुरस्कृत गरे । सो अवसरमा नेदरल्याण्ड भलिबल एसोसिएसनका डेपलभमेन्ट म्यानेजर पिटर भ्यानलाई भलिबल संघका अध्यक्ष शर्माले मायाको चिनो हस्तान्तरण गरे । महिलातर्फ १४ र पुरुषतर्फ १५ टिमलाई आठ समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिता मंसिर १८देखि शुरु भएको थियो । कार्यक्रमका प्रमुख प्रतिथी एमाले नेता भटृराईले खेलाडी राष्ट्र गौरव र अघोषित राजदुत समेत भएकाले उनिहरुको संरक्षणमा राज्ले पहल गर्नू गर्ने बताए ।