सिग्देल र प्रधानलाई उपाधि
Manoj Shiama
4 December, 2016 9:49 am
दिवंगत जनरल केशब महतको स्मृतीमा भएको ३५ बर्ष माथिको सेन्ट जेभियर मैत्री युगल टेनिस प्रतियोगितामा विज्ञान प्रधान र आशिष सिग्देलको जोडी पहिलो भएको छ । शनीबार भएको फाइनलमा उनीहरुले निर्मल धिताल र हेम स्वाँरको जोडीलाई ४–६,६–३,६–३ ले पराजित गरे । दुइ साता लामो प्रतियोगितामा १६ जोडी सहभागि थियो । विजेता जोडीलाई शनीबार ब्रीगेड जनरल रमेश राज महतले पुरस्कार वितरण गरे ।