बिएसी अम्पायर उदय बंगलादेश प्रस्थान

Manoj Shiama
5 December, 2016 12:45 pm

udaya
नेपालका बिएसी अम्पायर उदय अर्याल बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशमा मंसिर २१ देखि २५ सम्म आयोजना हुने योनेक्स सनराईज बंगलादेश ईन्टरनेशनल च्यालेन्जमा अर्यालले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
अन्तराष्ट्रिय प्रतियोगितामा उनले सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट आफ्नो अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए । त्यस पछि उनले सन्र २००० जापान, २००६ मा मकाउ र थाईल्याण्ड, २००९ मा हैदरावाद, भारत, २०११ मा बंगलादेश, २०१४ मा मुंबई, भारत र २०१६मा सिलोङ्ग, भारतमा आयोजना भएको प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् । जस अन्तरगत साग, ईन्टरनेशनल ग्रान्ड प्रि गोल्ड, ईन्टरनेशनल सिरिज, ईन्टरनेशनल च्यालेन्ज र जुनियर एशियन च्याम्पियनसिप रहेका छन् । यस्तै उनले नेपालमा सन् २००५, ६ र ८ मा भएको अन्त्राष्ट्रिय सिरिजमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
राष्ट्रिय प्रतियोगितामा सहायक रेफ्रि तथा क्षेत्रीय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरि रहेका अर्याल २०४४ साल देखि ब्याडमिन्टनमा निरन्तर लागि परेका छन् । उनी सर्वाधिक रुपमा निर्णायकको भूमिका निर्वाह गर्ने निर्णायक हुन् ।