आयोजक सेन्ट जेभियर रातो क्वाटरफाइनलमा
आयोजक सेन्ट जेभियर गोदावरी रातो जेभियर पहेलोलाई ७ – ० गोल अन्तरले पराजित गर्दै “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत भएको अन्तिम लिग खेलमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न खेलमा रातोका सुप्रिम महर्जनले ३, निश्चल महर्जन २, संस्कार कार्की र अरियन महर्जनको एक÷एक गोल मद्धतले जेभियर पहेलोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । रातोका सुप्रिम सिलवाल प्लेयर अफ दि म्याच घोषित भए ।
नेपाल टेलिकमको प्रायोजनमा भएको दोश्रो खेलमा सेन्टजेभियर जावलाखेलले काभ्या स्कुल, नयाँ बानेश्वरलाई ३–०ले पराजित ग¥यो । यसका साथै जेभियर जावलाखेल पनि क्वाटरफाइनल पुग्यो ।
गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको प्रतियोगिताको अर्को खेलमा क्रिसेन्ट एकेडेमी र विद्या संस्कार उच्च मा.वि.ले २÷२ को बराबरी खेले । दुवै क्वाटरफाइलको लागि छनोट हुन सफल भए । क्रिसेन्टका विपिन सिल्वाल र मोहित थापाले गोल गरे । यस्तै विद्या संस्कारका लागि प्रयत्न थापा र माहेक लामिछानेले गोल गरे । क्रिसेन्टका मोहित तामाङ्ग प्लेयर अफ दि म्याच घोषित भए ।
यसका साथै क्वाटरफाइनलको समिकरण पनि पुरा भएको छ । क्वाटरफाइनलमा नेपाल डनबस्को स्कुल ले डल्फिन ईङ्गिलस स्कुलसंग, सेन्ट जेभियर जावलाखेलले विद्या संस्कार संग, सेन्ट जेभियर गोदावरी रातोले नेपाल एपिएफ स्कुल किर्तिपुरसंग तथा क्रिसेन्टले एनके सिंह मेमोरियल ईङ्गिलस स्कुलसंग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।