पश्चिमाञ्चलबाट ह्याण्डबल खेलाडी छनोट

Manoj Shiama
7 December, 2016 10:15 pm

पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागी पश्चिमाञ्चलबाट ह्याण्डबल पुरुष खेलाडी छनोट भएका छन् । ह्याण्डबलमा कास्कीका खेलाडीले बर्चश्व जमाएका छन् । छनोट भएका १४ खेलाडीमा ९ जना कास्कीबाट परेका छन् । छनोट प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न खेलबाट विशाल बस्नेत(कास्की), बिमल अधिकारी (कास्की), सन्दिप खड्का (कास्की), दिनेश श्रेष्ठ (कास्की), प्रेम गुरुङ (कास्की), सरन थापा (कास्की), चन्द्र केसी (कास्की), भासु गुरुङ (कास्की), सुरज देवकोटा (कास्की), प्रतिक भुजेल (रुपन्देही), प्रतिक थापा (रुपन्देही), प्रचन काला (बाग्लुङ), कल्याण भण्डारी (बाग्लुङ), डम्वर बहादुर महतो (नवलपरासी) रहेका छन् भने बैकलपिकमा गणेश कार्की (बाग्लुङ) र तारा केसी (कास्की) रहेका छन् ।