विपना दौडमा पहिलो
पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागी पश्चिमाञ्चलमा बुधबार एथलेटिक्स छनोट प्रतियोगिता अन्र्तगत ५ हजार मिटर दौड पुरुषमा प्रकाश कुँवर (पर्वत)ले स्वर्णपदक जिते । उनले १६ मिनेट ५० सेकेण्डमा दुरी पुरा गरे ।आर्यन सिग्देल(गोर्खा)ले १७ मिनेट १७ सेकेण्डमा दुरी पार गदै रजत जित्दा १७ मिनेट ४४ सेकेण्डमा दुरी पुरा गदै प्रताप भुसाल(पर्वत)ले कास्य पदक जिते । ५हजार मिटर महिला दौडमा दोलमया महतो(नवलपरासी)ले स्वर्ण, सिता सेन(गुल्मी)ले रजत र बबिता चौहानले कास्य पदक जितिन् । त्यस्तै १ सय मिटर पुरुष दौडमा जयसदामराम चौधरी(कपिलबस्तु)ले स्वर्ण जिते भने विकासकुमार शाह(कास्की)ले रजत र युवराज थापा(तनहुँ)ले कास्य पदक जिते । १ सय मिटर महिला दौडमा विपना परियार(नवलपरासी)ले स्वर्ण जितिन भने रिमा कार्की(म्याग्दी)ले रजत र अनिषा भण्डारी(कास्की)ले कास्यपदक जितिन्। छनोट अन्र्तगत एक सय गुणा चार रिले पुरुषमा कपिलबस्तुले स्वर्णपदक जित्यो भने कास्कीले रजत र नवलपरासीले कास्यपदक प्राप्त गर्न सफल भयो । ४ सय मिटर पुरुष दौडमा सन्दिप चौधरी(कपिलबस्तु)ले स्वर्ण, युवराज थापा(तनहुँ)ले रजत र टिकराज गुरुङ(स्याङजा)ले कास्य पदक जिते । यसैगरी, छनोट प्रतियोगिता अन्र्तगत बुधबार भएको ट्रिपलजम्प पुरुष तर्फ जोयेन्द्र गुरुङ(लम्जुङ)ले स्वर्ण, जयसराम चौधरी(कपिलबस्तु)ले रजत र प्रकाश राना मगर(नवलपरासी)ले कास्य पदक जिते । त्यस्तै ट्रिपलजम्प महिलामा विपना परियार(नवलपरासी)ले स्वर्ण, प्रतिमा थापा(लमजुङ)ले रजत र ज्योती श्रेष्ठ(तनहुँ)ले कास्य पदक जितिन् ।त्यस्तै डिसकस थ्रो पुरुष तर्फ केशब कुमाल(गुल्मी)ले स्वर्ण, भद्रबहादुर खत्री थापा(तनहुँ) रजत र विनोद थनेत(नपलपरासी)ले कास्य पदक प्राप्त गरे । डिसकस थ्रो महिला तर्फ मनिष आले(कास्की)ले स्वर्ण, सोनु नेपाली(कास्की)ले कास्य र लक्ष्मीदेवी थारु(नवलपरासी)ले कास्यपदक जितिन् । छनोट अन्र्तगत ज्याभलिन थ्रो महिलामा मनिषा आले(कास्की)ले स्वर्ण जित्दा कास्कीकै सोनु नेपालीले रजत पदक जितिन । लक्ष्मी देवी थारु(नवलपरासी)ले कास्य पदकमा चित्त बुझाइन् ।