जुडो खेलाडी छनोट

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मध्यमाञ्चलबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी छनोट भएका छन् ।
पुरुषतर्फ ४३ केजीमुनि ललितपुरका निशन लिम्बू, ५५ केजीमा नुवाकोटका किरण गडेल, ६० केजीमुनि सिन्धुपाल्चोकका इन्द्रबहादुर श्रेष्ठ, ५० केजीमुनि काभ्रेका मनोज आचार्य, ६० केजीमुनि नुवाकोटका अश्विन पुलामी मगर, ७३ केजीमुनि पर्साका सक्षम अमात्य, ८१ केजीमुनि रामेछापका मोहन सुनवार तथा ९० केजीमुनि रामेछापका सञ्जय महर्जन छनोट भए ।
सातदोबाटोमा भएको छनोटअन्तर्गत महिलाको ४४ केजीमुनि पर्साकी पूजाकुमारी श्रीवास्तव, ५२ केजीमुनि नुवाकोटकी कविता नेपाली, ४८ केजीमुनि काठमाडौंकी मनीषा महर्जन, ५७ केजीमुनि रसुवाकी सर्मिला तामाङ तथा ७० केजीमुनि काठमाडौंकी सुनीता मगर छानिए ।

Comment