ब्याडमिन्टन टोली ढाकातर्फ

Manoj Shiama
9 December, 2016 8:04 pm


बंगलादेश जुनियर इन्टरनेसनल सिरिजमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
डिसेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा नवीन श्रेष्ठ, सुनील जोशी, रुकेश महर्जन, गौतम कठायत र नीरविक्रम देवकोटो रहेका छन् । महिलामा रसिला महर्जन र रञ्जना भट्ट छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य वीरेन्द्र श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।