पुरुष बास्केटबल टोलीको घोषणा

Manoj Shiama
9 December, 2016 8:31 pm

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल पुरुष बास्केटबल टोलीको चयन गरिएको छ । खेलाडीहरुमा म्याग्दीका किरण पुन, रामकृष्ण घताने र गोविन पुन, बाग्लुङका अंकित भण्डारी, लम्जुङका मनीष श्रेष्ठ, तनहुँका विवेक श्रेष्ठ, मुस्ताङका प्रदीप पुन र सनम पुन तथा कास्कीका किरण पुन, सुमन पुन, खुम पुन र विशाल गुरुङ रहेका छन् ।