स्क्वास खेलाडी छनोट

Manoj Shiama
13 December, 2016 5:54 pm

सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलबाट स्क्वास खेलाडी छनोट भएका छन् । तीनै क्षेत्रबाट समान ४–४ पुरुष खेलाडी छनोट भएका हुन् ।मध्यमाञ्चलबाट ललितपुरका सुदीपबहादुर सिंह, काठमाडौंका प्रकाश प्रधान, ललितपुरका विनोदरत्न शाक्य र काभ्रेका अमिर ब्लोन छनोट भए ।मध्यपश्चिमाञ्चलबाट बर्दियाका ज्ञानु चौधरी, राजेशमणि घिमिरे र सञ्जय चौधरी तथा जाजरकोटका नवीनकुमार शाही छानिए ।
सुनसरीका निशान्त अग्रवाल, तेह्रथुमका वीरबहादुर नेपाल तथा मोरङका अस्मिनकुमार टोडी र जितेन्द्र बाइतले सातौंमा पूर्वाञ्चलको प्रतिनिधित्व गर्नेछन् ।तीनै क्षेत्रको छनोट सातदोबाटोमा भएको थियो । अब पश्चिमाञ्चलको छनोट हुन बाँकी छ । सो छनोट पोखरामा हुने बताइएको छ । महिलाको खुलातर्फ प्रतिस्पर्धा हुनेछ ।