एक्सपो चेसमा नेपाल तेश्रो

Manoj Shiama
14 December, 2016 9:38 am


संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पाँच महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपो चेसका नेपाल संयोजक उमेश केसीले बताए । संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता रहेको थियो ।
अनलाईन प्रविधिबाट सञ्चालन भएको प्रतियोगिताको प्रत्येक चरणमा ४ जना खेल्ने, ४ जनाले विद्युतीय उपकरणमा सहयोग पु¥याउने तथा ३ जना प्रत्यक्ष कुराकानीमा सहभागी भएका थिए । संसारभर एउटै समयमा प्रतियोगिता सञ्चालन भएको थियो ।
सात चरणमा सम्पन्न प्रतियोगितामा स्पेन १० म्याच प्वाईन्टका साथ पहिलो स्थानमा रह्यो भने पेरु ९ म्याच प्वाईन्टका साथ दोश्रो स्थानमा रह्यो । ८ म्याच प्वाईन्ट बटुल्दै तेश्रो भएको नेपालले २ मा जित, ४ मा बराबरी तथा १ खेलमा हार बेहोरेको थियो । नेपालले चिलिलाई ०.५ अंकका विरुद्ध ३.५ अंकले पराजित ग¥यो भने हंगेरीलाई ३–१ ले हरायो । त्यसैगरी पेरु, युगाण्डा, मेक्सिको तथा अमेरिकासंग २–२ अंकका साथ बराबरीको नतिजा आत्मसात ग¥यो । उता विजेता टोली स्पेनस“ग ०.५ का विरुद्ध ३.५ अंकको हार व्यहोर्न पुग्यो । स्पेनी स्वयंसेवी संस्था एक्सपोचेसको आयोजनामा भएको कार्यक्रममा चित्रकला तर्फ समेत नेपालका बालबालिका सहभागी भएका थिए । चित्रकलामा हंगेरीका प्याट्रिसिया नेजी पहिलो भएका थिए ।