गोर्खाली रग्वी क्लबलाई उपाधि
अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि गोखाली रग्वी क्लब कोटेश्वरले जितेको छ । मंगलबार दशरथ रंगशालामा भएको महिलातर्फ गोर्खाली रग्वी क्लबले जितको हो । पहिलोपटक भएको क्लबस्तरिय रग्वीको फाइनलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी क्लबलाई २०¬—१७ स्कोरले हराउदै उपाधि हात पा¥यो । काठमाडौँले शुरुआती अग्रता बनाएपनि लय गुमाउदा उपाधिबाट वन्चित भयो । नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो । नेपाल वुमन्स रग्वीले १० स्कोर बनायो । महिलातर्फ गोर्खाली सिर्जना राईले सर्बाधिक २० स्कोर गरिन् । उत्कृष्ट खेलाडी काठमाडौंकी मनीषा थापा मगर भइन् ।
पुरुषतर्फ नेपाल आर्मी टिम र गोर्खाली रग्वी क्लब फाइनलमा प्रवेश गरेका छन् । समय अभावका कारण उपाधिका लागि बुधबार दुवै टिमले प्रतिस्पर्धा गर्ने महासचिव चेतनराज गीरीले बताए । आर्मीले निजगढ रग्वी क्लबबाट वाक ओभर पाउदै फाइनलमा स्थान बनाएको थियो भने गोर्खालीले काभ्रे क्लबलाई सेमिफाइलमा पराजित गरेको थियो । काभ्रे क्लब स्कोरको आधारमा तेस्रो हुन सफल भयो ।
प्रतियोगितामा महिलतर्फ चार टिम र पुरुषमा ७ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगिताको उद्घाटन नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ्ग र महासचिव चेतनराज गीरी लगायतले गरेका थिए । प्रतियोगिताको विजेताले ट्रफी तथा मेडल र दोस्रो हुने टिमले मेडल प्राप्त गरे । प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, संघका अध्यक्ष घिसिङ्ग र महासचिव गीरीले पुरस्कृत गरे ।