नवीन विजयी
Manoj Shiama
14 December, 2016 10:02 am
नवीन श्रेष्ठले बंगलादेश जुनियर इन्टरनेसनल ब्याडमिन्टनमा जित हात पारेका छन् । पुरुष सिंगल्समा नवीनले बंगलादेशका खेलाडीलाई २१–१४ र २१–१४ को सोझो सेटमा पराजित गरे ।
पुरुष डबल्समा नवीन र सुनील जोशीको जोडीले बंगलादेशी जोडीलाई २१–१५ र २१–१६ ले हराए । महिला सिंगल्समा रञ्जना भट्टले बंगलादेशकी खेलाडीलाई १८–२१, २१–१५ र २१–१५ को सेटमा पाखा लगाए ।