प्रथम बेशबल च्याम्पियनसिप शुक्रबारदेखि

Manoj Shiama
14 December, 2016 8:13 pm

नेपाल बेशबल तथा सफ्टबल संघको आयोजनामा प्रथम राष्ट्रिय बेलबल च्याम्पियनसिप २०७३ पौष १ देखि ३ सम्म लगन खेलस्थित सैनिक शारिरीक प्रशिक्षण तथा तालिम केन्द्रमा हुने भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, पोखरा यती बेशबल क्लब, भक्तपुर बेशबल क्लब र गोर्खा बेसबल क्लब गरि ५ टिमको सहभागिता रहने प्रतियोगिता फेब्रुअरी १४ देखि मार्च ९ सम्म पाकिस्तानको ईस्लामाबादमा आयोजाना हुने पश्चिम एशिया बेशबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिम छनोट प्रतियोगिता समेत रहेको संघका महासचिव दीपक न्यौपानेले जानकारी गराए । उक्त प्रतियोगितामा एशियाका ९ राष्ट्रको सहभागिता रहने समेत महासचिव न्यौपानेले जनाएका छन् । च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।