नेपाल आर्मी र गोर्खालीलाई उपाधि
अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जितेको छ । दशरथ रंगशालामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टिमलाई ५–० स्कोरले पराजित गर्दै पहिलो पटक भएको क्लबस्तरिय रग्वीको उपाधि उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा टुंगीयो । अधिकांश राष्ट्रिय टिमका खेलाडी रहेको गोर्खाली क्लब दोस्रो हाफमा आर्मीसँग निरह बन्यो । दोस्रो हाफको शुरुआतमै आर्मीले ट्राई गर्न सफल भयो । आर्मीका रमित कुमालले ट्राई गर्दै अग्रता दिलाए । त्यसपछि प्राप्त कनभर्जन किक प्रहार गर्न आर्मी असफल भएपछि ५ स्कोर मात्र प्राप्त ग¥यो ।तर बाकी समयमा गोर्खालीले ट्राई गर्न नसकेपनि ५स्कोरनै आर्मीको जितका लागि प¥याप्त भयो ।
प्रतियोगितामा गोर्खालीका नविन गीरी बेस्ट प्लेयर चूनिए । नविनले पाँच ट्राई गर्दै सर्बाधिक २५ स्कोर गरेका थिए । पुरुषमा काभे्रको आकाश भैरव तेस्रो भयो । महिलातर्फ भने गोर्खाली रग्वी क्लबले उपाधि हात पा¥यो । फाइनलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी क्लबलाई २०¬—१७ स्कोरले हराउदै उपाधि हात हात पारेको थियो । नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो । महिलातर्फ उत्कृष्ट खेलाडी काठमाडौंकी मनीषा थापा मगर भइन् । प्रतियोगितामा महिलतर्फ चार टिम र पुरुषमा ७ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो ।
प्रतियोगिताको विजेताले ट्रफी तथा मेडल र दोस्रो हुने टिमले मेडल प्राप्त गरे । प्रतियोगिताको विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ र उपाध्यक्ष गोविन्द भटृराई लगायतले पुरस्कृत गरे । प्रतियोगिताबाट थाइल्याण्डको बैकंकमा हुने एसिया रग्वी सेभेन्स ट्रफिका लागि पहिलो चरणमा पुरुष र महिलामा समान २० खेलाडी छनोट गरीने संघ सचिव गोविन्द घिमिरेले बताए । प्रतिगोगितामा सहभागी क्लबबाट छिटृै खेलाडी छनोट गरि बन्द प्रशिक्षण गरिने महासचिव चेतनराज गीरीले बताएका छन् । महिला र पुरुषतर्फ समान १२ सदस्यीय खेलाडी छनोट गरिनेछ । उक्त एसिया रग्वी सेभेन्स ट्रफि आगामी वर्षको फेब्रुअरी १९ देखि २१ सम्म हुनेछ ।नेपालले यसअघि प्री–ओलम्पिक क्लालिफायर र एसिया रग्वी डेभलभमेन्ट सेभन्स भारतको चेन्नाईमा खेलेको थियो ।