इण्डो नेपाल कराते प्रतियोगिता हुने
आगामी पौंष २ गते उत्तरी भेगमा छरिएर रहेका प्रतिभाशाली खेलाडीहरुको उजागर गर्नुका साथै तारकेश्वर नगरपालिकामा सितोरियो करातेको बिकास विस्तार र खेलाडीको बिकास गर्ने एवं अन्तराष्ट्रसंग भाइचाराको सम्बन्ध राख्ने उद्देश्यले “ खेलकुद स्वस्थ्यको लागि , खेलाडी राष्ट्रको लागि ” भन्ने मुल नाराका साथ शाखा डोजो नव शान्तिको आयोजनामा १४औं इण्डो नेपाल कराते प्रतियोगिता २०७३ आयोजना हुने भएको छ । नेपालबाट १५० र भारतबाट १०० खेलाडीहरु सहभागी हुनेछन् । सो प्रतियोगितामा २५० जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । अफिसियल कराते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ सुवर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । विजेता खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता नव शान्ति क्लबको प्राङ्गण शान्ति टोलमा हुनेछ । प्रतियोगितामा कुल खर्च रु. २,२४,७५०÷– (अक्षरुपी दुई लाख चौंबिस हजार सात सय पचास रुपैया) लाग्ने अनुमान गरिएको छ । उक्त रकम आयोजक डोजोले नै व्यहोर्ने कुराको जानकारी शाखा प्रमुख तथा प्रशिक्षक राजेन्द्र कुमार ओझाले दिए ।