नेपाल स्पोर्टस्द्वारा मृगौला पिडितलाई सहयोग


नेपाल स्पोर्टस् क्लबले मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मकाउमा रहेका नेपाली कराते खेलाडी लोकमानसिंह श्रेष्ठको पहलमा रविन्द्र चौधरी, विरमान लामा, राजाराम थापा मगर, सूर्य थापा लगायतबाट संकलित २१ हजार नगद नेपाल स्पोर्टस् क्लबले टिचिङ्ग अस्पताल महाराजगंजमा गई शुक्रबार मृगौला पिडित सुनबहादुर तामाङ्गलाई हस्तान्तरण गरिएको क्लबका सचिव कुशल श्रेष्ठले जानकारी गराएका छन् ।
नुवाकोट जिल्ला गोर्साङ्ग गा.वि.स.– २ निवासी सुनबहादुर तामाङ्गको दुवै मृगौलाले काम गर्न छाडे पछि उनी उपचारका क्रममा रहेका छन् । आर्थिक रुपमा कमजोर उनको परिवारले उपचार खर्च धान्न नसकेपछि उनी आर्थिक सहयोगको जुगाडमा लागेका थिए ।
सहयोग हस्तान्तरणका क्रममा क्लबका कोषाध्यक्ष तारा गुरुङ्ग, सदस्य सिमोन खत्री र विजय लामा लगायतको उपस्थिती रहेको थियो ।

Comment