करातेको डोजो संचालन
नेपालमा करातेको विकास र विस्तार गर्ने उद्धेश्यले ठुलो भ¥याङ्ग स्वयंभुस्थित लिटिल क्लाईम्बक्स सेकेन्डरी स्कुलमा सितेरियो कराते डोजो संचालन भएको छ । डोजोको नेपाल कराते महासंघका अध्यक्ष, नेपाल सितेरियो कराते संघका अध्यक्ष एर्व एशियन प्यासेफिक कराते महासंघका उपाध्यक्ष दावा गुरुङ्गले शुक्रबार पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।
गुरुङ्गले डोजो उद्घाटनकै क्रममा स्कुलका प्रिन्सिपल दीलिप रेग्मीलाई डोजो स्थापनको प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा डोजोका प्रमुख प्रशिक्षक पर्शुराम बास्तोला, सहायक प्रशिक्षक अनिल चौधरी र गोपी राम घले, हालै हंगेरीमा सम्पन्न सितेरियो विश्व कपका स्वर्ण पदकधारी जनकसिंह खड्का, सिनियर प्रशिक्षक राजेन्द्र क्षेत्रीको समेत उपस्थिती रहेको थियो ।