अन्तराष्ट्रिय ब्याडमिन्टनमा भारतिय दवदवा कायमै

Manoj Shiama
16 December, 2016 8:07 pm


नेपाल ब्याडमिन्टन संघको आयोजनामा भईरहेको नेपाल ईन्टरनेशनल सेरिज २०१६ ब्याडमिन्टन प्रतियोगिताको फाइनलसम्म आईपुग्दा भारतिय खेलाडीहरुले आफ्नो दवदवा कायमै राखेका छन् ।राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न खेलको पुरुष एकल र डबल्स, महिला डबल्स र मिक्स डबल्समा भारतिय खेलाडीहरुले आफ्नो प्रभुत्वलाई कायम राखे । पुरुष एकलमा भारतका खेलाडी शिद्धार्थ ठाकुर र अभिषेक यलगार फाइनलमा प्रवेश गरे । ठाकुर र यलगारले भियतनामका खेलाडहरु दुक फात लि र काओ च्योङ्ग फामलाई क्रमशः २१–१९, २१–१८ र २१–१३, ६–२१, २१–१६ ले पराजित गरे ।
यस्तै पुरुष जोडी तर्फको खेलमा भारतका अर्जून एम.आर. र रामचन्द्रन श्लोकको जोडीले भारतकै अरुण जर्ज र सौरभ शर्माको जोडीलाई २१–१०, २१–१८ले पराजित गर्दै फाइनलमा स्थान बनाए । अर्को खेलमा पाकिस्तानका रिजवान आजम र सुलेरी कासिफ अलीको जोडीले भारतका एम.अनिलकुमार राजु र वेङकट गौरभ पिलाई २१–१५, २५–२३ले पराजित गर्दै फाइनलमा अर्जून र रामचन्द्रन संगको भेट पक्का गरे ।
महिला एकलमा भियतनामकी थुई लिन्ह ङयेनले ईरानकी अघेल हाजियाघा सोरयालाई २१–१७, २१–६ ले तथा इन्डोनेसियाकी देभी युनिता इन्दा सारीले भियतनामी थि फोङ्ग थुई त्रानलाई २१–१७, २१–१६ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरे ।
महिला जोडी तर्फ भारतका अनुष्का पारिख र हरिका भेलुदुर्थि तथा जक्कमपुदी मेघना र पूर्विशा एस. रामको जोडीले उपाधीको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अनुष्का र हरिकाको जोडीले इरान र भियतनामी जोडी अघेल हाजियाघा सोरया र देभी युनितालाई २१–१६, २१–१३ तथा मेघना र रामको जोडीले बंगलादेशका अक्तर शप्ला र अलिना सुल्ताको जोडीलाई २१–८, २१–१५ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
मिक्स डबल्स तर्फको खेलमा पनि भारतिय टोलीले बाजी मा¥यो । भारतका भेङकट गौरव प्रसाद र जुहि देवाङ्गनाको जोडी तथा सौरभ शर्मा र अनुष्का पारिखको जोडीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रसाद र देवङ्गनाका जोडीले बंगलादेशका मोहम्मद सलमान खान र अलिना सुल्तानको जोडीलाई २१–१२, २१–१३ ले तथा शर्मा र पारिखको जोडीले बंगलादेशकै मोहम्मद अनमुल हक र अक्तर सप्लाको जोडीलाई २१–१५, २१–१३ ले पराजित गरे ।