ग्रिनल्यान्डलाई लालिगुराँस उपाधी

Manoj Shiama
16 December, 2016 8:19 pm


ग्रिनल्यान्ड दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको छ ।शुक्रबार भएको फाइनल खेलमा ग्रिनल्यान्डले नेरिकलाई २७ – १८ बास्केटले पराजित गर्दै उपाधी उचालेको हो । बिजयी टोलीको लागि सौरभ राईले १४ अंक जोडे । यस्तै तेश्रो स्थानको लागि भएको खेलमा अजय घलेको एकल ३२ अंकको सहायताले पिपल्स एकेडेमीले आयोजक लालिगुराँस एकेडेमीलाई ३२–२३ अंकले पराजित ग¥यो ।
प्रतियोगितामा ग्रिनल्यान्डका दीपेश खड्का उत्कृष्ट खेलाडी घोषित भए । यस्तै फ्लेयर प्लेको उपाधी ज्ञानसिन्धुले प्राप्त ग¥यो । विजयी खेलाडीहरुलाई लालिगुराँस एकेडेमीका प्रिन्सिपल गोपाल बहादुर बुढाथोकी लगायतले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । उपत्यकाका १६ टिमको सहभागिता रहेको प्रतियोगिता मंसिर २७ देखि पौष १ गते सम्म संचालन भएको थियो ।