आदर्श र सलोनीलाई स्वर्ण

Manoj Shiama
17 December, 2016 6:42 pm


मित्र राष्ट्र भारतको मिरामार विच, पनाजी, गोवामा आयोजित युआईपिएम वल्र्ड टुर ईन्डिया २०१६ वाईथलनमा नेपाले दुई स्वर्ण र एक रतज पदक हात पार्न सफल भएको छ । नेपाली खेलाडी आदर्श कार्कीले ई क्याटागोरीको ९–१० बर्ष उमेर समूहमा स्वर्ण पदक प्राप्त गर्न सफल भए । यस्तै अर्का खेलाडी सलोनी लामाले बि क्याटागोरीको १५–१६ बर्ष उमेर समूहमा स्वर्ण प्राप्त गरिन् । यसैगरि अर्का खेलाडी युस्का महर्जनले सि क्याटागोरीको १३–१४ बर्ष उमेर समूहमा रजत पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक राजु दर्शनले जनाएका छन् ।
१५० जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीको सहभागित रहेको नेपाल मोर्डन पेन्टाथलन महासंघका महासचिव यादव बस्नेतले जानकारी गराए ।