सेना र सशस्त्र फाइनलमा

Manoj Shiama
17 December, 2016 6:46 pm


नेपाली सेनाको बेशबल टिम र सशस्त्र प्रहरी बलको बेशबल टिम प्रथम राष्ट्रिय बेशबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बेशबल तथा सफ्टबल संघको आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न खेलमा सेनाले गोर्खाक्रुज बेशबल क्लबलाई १३–८ रनले पराजित गर्दै फाइनलको यात्रा तय ग¥यो । दोश्रो खेलमा सशस्त्र प्रहरीबलको टिमले पोखराको यती बेशबल क्लबलाई ९–० रनले पराजित गर्दै उपाधीको लागि सेनको सामना गर्ने भएको छ ।
प्रतियोगिताको फाईनल खेज जावलाखेलस्थित सेनाको प्रशिक्षण केन्द्रमा आईतबार हुने कार्यक्रम रहेको छ ।